सुनसरीमा दसैंमा घर छोड्नुपरे प्रहरीले सुरक्षा दिने

सुनसरीमा दसैंमा घर छोड्नुपरे प्रहरीले सुरक्षा दिने

सुनसरी : दसैंमा घर छाडेर माइत, मामल र आफन्तको जाँदा प्रहरीलाई खबर गरेर गए प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ। दसैंमा घर छाडेर अन्यत्र जाँदा चोरी डकैती हुने भएकाले प्रहरीलाई खबर गरेर गए जिल्लाबासीको धन सम्पत्तिको सुरक्षा प्रहरीले गरिदिने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले बताए।

 
लामो समय घर छाडेर जाँदा चोरी डकैतीमा संलग्न ब्यक्तिहरूले घरमा प्रवेश गरी डकैती गर्ने भएकाले सुनसरी प्रहरीले दसैं विशेष सुरक्षा प्रदान गरी जिल्लाबासीको सम्पत्तिको सुरक्षा गर्ने ब्यवस्था गरिएको एसपी तिम्सिनाले बताए।

१२ वटा पालिका रहेको सुनसरीमा धरान, तरहरा, इटहरी, इनरुवा, झुम्का, दुहबी, चक्रघट्टी, लौकही, भ्यान्टाबारी, हरिनगरा, चादबेला, चतरा, प्रकासपुरलगायतका मुख्य बजारहरूमा प्रहरीको विशेष टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

उनले दसैंमा घर छाडेर आफन्तकोमा जादा प्रहारीलाई जानकारी गराएको खण्डमा उनीहरूको घरमा प्रहरीले चैबिसै घण्टा निगरानी गरी सुरक्षा ब्यवस्था गर्ने बताए। दसैं मनाउँदा बाहिर हिंडडुल गर्दा प्रदर्शन गर्नेगरी गरगहना नलगाउन पनि सर्वसाधारणलाइ आग्रह गरिएको डीएसपी तिमल्सिनाले आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.