चेपाङको दसैंमा वनकेराको पात

चेपाङको दसैंमा वनकेराको पात

पाखापखेरामा बस्ने चेपाङले वनकेराको पातलाई मौलिक संस्कार मान्दै आएका छन्।

वनरात्री सुरु भएपछि चेपाङहरूलाई वनकेराको पात खोज्ने चटारो हुन् । घर नजिकैको वनमा वनकेरा खोज्न जाने उनीहरूको चलन नै हुन्छ । वनकेराको पातसँग चेपाङको दसैं जोडिएको हुन्छ । जमरा राखेसँगै वनकेराको पात घर ल्याएर ओइलाउन राख्छन् । वनकेराको पातसँग चेपाङको परम्परा जोडिएको छ ।

दसैंमा चेपाङ समुदायमा वनकेराको पातले विशेष अर्थ राखेको हुन्छ । ‘वनकेराको पातलाई लगेर गभाएर ओइलाउन राख्छौं । पछि टपरी बनाएर खाना खान दिने हो,’ वाक्राङकी बुद्धिमाया चेपाङले भनिन्, ‘वनकेराको पात नभए हाम्रो दसैं नै खल्लो हुन्छ । पातलाई अँध्यारो कोठामा राख्छन् । ओइलाएर पहेलो भएपछि केराको पातबाट दुना र टपरी बनाउँछन् । दसैंमा टीका लगाउन आएका पाहुनालाई त्यही दुना टपरीमा खान दिएर सत्कार गर्छन् । यो हरेक चेपाङको घरमा दसैंमा हुने परम्परा हो । जति नै ठूला मान्यवर भए पनि वनकेराको पातबाट बनाइएको टपरीमा खान दिन्छन् । ‘वनकेरा काटेर टपरी बनाएपछि चेपाङजातीले दसैं मनाउने हो,’ बुद्धिराज चेपाङले भने, ‘वनकेराको पात हाम्रो चिनारी हो ।’

अघिल्लो पुस्तामा थाल नभपछि टपरी बनाउने चलन थियो । पाखापखेरामा बस्ने चेपाङले वनकेराको पातलाई मौलिक संस्कार मान्दै आएका छन् । यही प्रचलनबाट सुरु भएको वनकेराको पात चेपाङको संस्कृतिको पहिचान बनेको चेपाङ अभियन्ता केपीकिरण शर्माले बताए ।

‘धेरै चेपाङहरू धर्म परिवर्तनमा लागेका छन् । केही चेपाङ बस्ती अझै पनि हिन्दु धर्ममा अडिएर दशैं मनाउछन् , ‘उनले भने, ‘आफ्नो धर्मसंस्कृति जोगाउन उनीहरू सुविधा भएपछि परम्परा जोगाउन लागिपरेका छन् । ’
पछिल्लो समय थाल कचौराको प्रयोग भएपछि टीकाको दिनमा चेपाङहरू दुना टपरी नै प्रयोग गर्छन् । झन्डै चार पुस्तादेखी वनजंगल, डाँडामा बस्दै आएका चेपाङहरू हिन्दु परम्पराअनुसार दसैं मनाउँछन् । उनीहरू दसैंमा रातो टीका लगाउँछन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.