खैरो हिरोइनसहित दुईजना कारोबारी पक्राउ

खैरो हिरोइनसहित दुईजना कारोबारी पक्राउ
लागुऔषधसहित पक्राउ परेकाहरू। तस्बिर : अन्नपूर्ण

धरान  : लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित सुनसरी प्रहरीले दुईजना कारोबारीलाई पक्राउ गरेको छ । बुधबार राति धरान-१५  का राजु थापाको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

विशेष सूचनाको थापाको घरमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक दिवस कुवर नेतृत्वको टोलिले थापा र अभिशेक मगरलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले  खाटको कुनामा प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध  बरामद गरिएको डिएसपी तिमल्सिनाले बताए ।

डिएसपी तिमल्सिनाले पक्राउ परेकाहरूको साथबाट ७ सय ९०  मिलिग्राम खैरो हिरोइन र दुईथान मोबाइल बरामद गरिएको बताए । पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको धरानका डिएसपी प्रकाश जबेगुले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.