सुनसरीमा गलैचा उद्योगमा आगलागी, ८० करोड बढिको क्षति

सुनसरीमा गलैचा उद्योगमा आगलागी, ८० करोड बढिको क्षति

धरान : सुनसरीको दुहबी नगरपालिका-३ स्थित धरानका व्यवसायी प्रिन्स अग्रवालको गलैचा उद्योगमा बुधबार राति भीषण आगलागी भएको छ । गए रातिदेखि लागेको आगो पूर्णरुपमा नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले बताएका छ्न् । 

उद्योग सञ्चालनका क्रममा विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने डिएसपी तिमल्सिनाले बताए । आगलागीका कारण एक बिघा क्षेत्रफलमा निर्माण गरिएको भवन र मेसिन र गोदाममा राखेका गलैचा,सिरक, डस्ना, चकटी, म्यट्रेस, कार्पेट, एउटा गाडीलगायतका सामग्री जलेर नष्ट भएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उद्योगको गोदाममा राखेको ४० करोडको सामग्री र मेसिन र भौतिक संरचना गरी  ८० करोड बढिको क्षति भएको छ । 

आगलागी भएपछि बिराटनगर, इटहरी, धरान, दुहबी, इनरुवा, झुम्कालगायतका स्थानबाट दमक आएपनि आगो नियन्त्रणमा समस्या भएको थियो । प्रहरीले भने क्षतिको यकिन विवरण आइनसकेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.