अर्घाखाँचीबाट यो दसैंमा डेढ करोडको खसीबोका निर्यात

अर्घाखाँचीबाट यो दसैंमा डेढ करोडको खसीबोका निर्यात

अर्घाखाँची : अर्घाखाँचीबाट यो दसैंका लागि झण्डै डेढ करोडको खसीबोका बाहिरी जिल्ला निर्यात भएको छ। 

अर्घाखाँचीमा झण्डै ८ करोडको खसीबोका खपत भएको र यो दसैंमा मात्र डेढ करोड बढीको खसीबोका आसपासका जिल्लामा निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद पौडेलले बताए। 

अर्घाखाँचीमा कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनका लागि उचित वातावरण तथा पर्याप्त चरन र घाँसको व्यवस्था हुनुका साथै भनेको समयमा नगदै बिक्री हुने भएपछि कृषकहरू बाख्रापालनमा लागेका हुन्। 

जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको केन्द्रका प्रमुख पौडेलको भनाइ छ। उक्त माउ बाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोकाहरू कपिलवस्तु, दाङ, रुपन्देही तथा काठमाडौं, पोखरा लगायतका स्थानमा मासुका लागि जाने गरेको छ। 

पहिला पहिला बाहिर जिल्लाबाट खसीबोका आयात हुनेमा अहिले जिल्ला निर्यात गर्न सफल भएको छ। बाख्रापालनकाट कृषकहरू लाभान्वित भएका छन्। 

जिल्लाबाट वार्षिक तीन सय मेट्रिकटन मासुजन्य बोका तथा बाख्राहरू जिल्ला बाहिर निर्यात हुने गरेको छ। जसलाई पैसोमा हिसाब गर्दा झण्डै १० करोडको खसीबोका, बाख्रा तथा मासुजन्य पदार्थ जिल्लाबाट बाहिर जाने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.