दशैंमा चेपाङ परिवारलाई खाद्यान्न सहयोग

अन्नपूर्ण समाचार प्रभाव

दशैंमा चेपाङ परिवारलाई खाद्यान्न सहयोग
दशैं मनाउन राप्ती १२ वाक्राङका चेपाङलाई खाद्यान्न वितरण गरिँदै। तस्बिर : अन्नपूर्ण

चितवन : खर्च अभावले दशैं मान्न पिरालोले सताइरहेका राप्तीका चेपाङले खाद्यान्न सहयोग पाएका छन् । आर्थिक अभावले दशैंमा चामल किन्न नसकेका विपन्न परिवारलाई चामल लगायत खाद्यान्न सहयोग जुटेको होा । उनीहरूका बारेमा अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित भएपछि दाताले सहयोग गरेका हुन् । 

चामल किन्न नसकेपछि ढिंडो खाएर दशैं मनाउने सुरु गरेका राप्ती नगरपालिका १२ वाक्राङका विपन्न परिवारले सहयोग पाएपछि खुसी भएका छन् । दशैं ढुक्कले मनाउन पाएको भन्दै अमृतलाल चेपाङ खुसी देखिए । केही दिनअघि चामल नहुँदा पिर मानेका अमृतलाल परिवारसहित चामल बोकेर फर्किए । छोरीले चामलको भात खाने रहर गरेपछि उनी चिन्तित थिए । श्रीमती दिलमाया , छोरी सृष्टि सहयोग पाएपछि खुसी थिए । ‘ दशैंको मुखमा पाएको सहयोगले हाम्रो घरै उज्यालो भयो ,’अमृतलालले भने,‘अब ढिंडो खान नपर्ने भयो । ’

अन्नपूर्ण पोष्टको समाचार पढेर काठमाडौंका रोड सो रियल स्टेज प्रालिका अध्यक्ष कालु गुरुङले सात घरधुरीलाई  चामल , नुन , तेल , मस्यौरा लगायतका सामाग्री हस्तान्तरण गरेका थिए। चितवन शाखाका प्रबन्धक जीवन तिवारीले गाउँमै पुगेर सहयोग वितरण गरे । ‘समाचारमा गरिब घरमा चामलको भात खाने रहर भएको देखेपछि नरमाइलो लाग्यो ,हामी त मनाउँछौं ती विपन्नले पनि दशैं मनाउन पाउन भनेर सहयोग गरेका हो ,’कालु गुरुङले भने ,‘दशैं भएकाले थोरै भएपनि सहयोग गरेका हौं। '

वाक्राङका चेपाङको बस्तीमा आर्थिक विपन्नताले दशैं खल्लो हुने समाचारले विकट बस्तीमा पुग्न पाएकोमा रोड सो रियल स्टेटका चितवनका  शाखा प्रबन्धक जीवन तिवारीले खुसी व्यक्त गरे । ‘चाडपर्वमा खल्लो नहोस् भनेर हामी राहत लिएर गएका हौं ,’उनले भने ,‘भोलि पनि के गर्न सकिन्छ हामी सल्लाह गर्दैछौं । ’

समाचारकै प्रभावले पोखराको पालखे चोकका अशोक पालिखेले अमृतलाल चेपाङको परिवारलाई दश हजार नगद सहयोग गरे । पालिखेले समाचार पढेपछि यो परिवारलाई दशैंमा निराश हुन नदिन सहयोग गरेको बताए । उनी होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष , फिस्टेल अस्पतालका निर्देशक , फिस्टेल नर्सिङ क्याम्पसका अध्यक्ष  हुन् । ‘हामीले मात्रै मनाएर भएन गरिबको झुपडीमा पनि चुलो बलोस् भनेर सहयोग गरेको हो , ’उनले भने ,‘समाचारमा परिवारको पीडाले मन दुख्यो । हामीले थोरै सहयोग गर्दा कसैको परिवारमा खुसी आउँछ भने किन नगर्ने भनेर सहयोग गरेका हौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.