आणविक हतियारमुक्त अभियान चलाउने ‘निदोन हिदान्क्यो’लाई नोबेल शान्ति पुरस्कार

आणविक हतियारमुक्त अभियान चलाउने ‘निदोन हिदान्क्यो’लाई नोबेल शान्ति पुरस्कार

काठमाडौं : यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निदोन हिडन्क्योलाई प्रदान गरिने भएको छ। शुक्रबार रोयल स्विडिस एकेडेमीले निदोन हिदान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर)र पदक प्राप्त गर्नेछन्। आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने बीबीसीले जनाएको छ। उक्त संस्था आबद्धहरुले आणविक हतियारमुक्त संसार बनाउने प्रयास र त्यस्ता हतियार फेरि कहिल्यै प्रयोग गर्न नहुने अभियानका सञ्चालन गर्दै आएकाले शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

सन् १९०१ देखि २०२४ सम्ममा १०५ पटक यो पुरस्कार प्रदान गरिएकोमा १११ जना व्यक्ति तथा २८ वटा संस्था पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा १९ जना महिला छन्।

हिरोसिमा र नागासाकी विस्फोटमा परी बाँचेका व्यक्तिहरूले सन् १९५६ मा संस्था स्थापना गरेका हुन्।

गत वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिएको थियो। इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.