विपद्को बेला पनि काठमाडौंबासीलाई पानी खुवाउन सफल भए मन्त्री यादव

विपद्को बेला पनि काठमाडौंबासीलाई पानी खुवाउन सफल भए मन्त्री यादव

काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादव विपद्को समयमा पनि काठमाडौंका नागरिकलाई शुद्ध खानेपानी पानी खुवाउन सफल भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डलमा अहिलेसम्म उत्कृट कार्य गर्नेमा खानेपानीमन्त्री प्रदीप यादवको नाम पहिलो सूचीमा रहेको बताइएको छ। मन्त्री यादवले नागरिकहरूका लागि गरेका सबै कामहरूमा प्रधानमन्त्री ओलीले पनि खेलेर प्रशंसा गरेको बताइएको छ।

गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण क्षती पुगेका खानेपानीका मुहान मर्मतदेखि पानीका विषयमा विभन्न नागरिकले गर्दै आएका आन्दोलनको समस्या समाधान गरी मन्त्री यादवले पानी ल्याउन सफलभएपछि उनको सर्वत्र क्षेत्रमा चर्चा हुन थालेको छ।

बाढीका कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कीर्तिपुरको सुन्दरीघाटस्थित ‘इलेक्ट्रोमेकानिकल’ शाखा, महाँकालचौर शाखामा रहेको पम्पीङ सिस्टम, ललितपुरको फर्पिङस्थित जलविद्युत परियोजनामा पेनस्टक पाइप विस्फोट हुँदा रोकिएको पानी वितरण कार्य लगायत बाढीले काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति ठप्प भएका ठाउँमा आफै खटिएर तथा स्थानीय नागरिकसँग सम्नवय गरेर मन्त्री यादव पानी खुवाउन सफल भएका हुन्।

मन्त्री यादवले काठमाडौंमा मेलम्चीको पानी ल्याएर खुवाउन सफल भएपछि अहिले उनको नागरिक स्तरमा निकै चर्चा भइरहेको छ। हिजो असोज २२ गते मङ्गलबार मात्रै मन्त्री यादवले मेलम्चीको पानी काठमाडौंमा वितरण गरेका थिए। विभिन्न समस्या एवं बाधाका बाबजुद्पनि काठमाडौंमा पानी ल्याएर नागरिकलाई खुवाउन सफल भएको प्रति मन्त्री यादवले खुसी व्यक्त गरे। 'म खानेपानी मन्त्री हुँ। मेरो काम नागरिकलाई शुद्ध पानी खुवाउने हो। मैले पानी नखुवाए कसले खुवाउने? नेताले नागरिकको काम गर्ने हो। आफ्नो स्वार्थको काम गर्ने होइन,' मन्त्री यादवले भने।

मन्त्री यादवले सोमबार मात्रै मेलम्चीका बाढी पीडितसँग वार्ता गरेपछि त्यहाँका नागरिकको  सहकार्यमा काठमाडौंको सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रमा ल्याइएको मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न पानी वितरण शाखामा पानी पठाई ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रशाद लामिछानेले बताए। 

'मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी ल्याएका थियौं। अहिले त्यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइ जनताका घरमा पानी पठाइएको छ,' उनले भने। मन्त्री यादवले मेलम्ची बाढी पीडित संघर्ष समितिसँग गरेको बार्तामा आफ्ना माग पूरा हुनसक्ने भन्दै मेलम्चीबासीले पनि काठमाडौंमा पानी पथान्तरणका लागि आवश्यक पर्ने सबै सहयोग गरेको हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष छिरिङ ग्याल्बु लामाले बताए।

'आफ्ना माग पूरा हुनेमा यहाँका नागरिकहरू निकै आशावादी छन्। मन्त्रीज्युले माग पूरा गराउन पहल गर्नु हुने छ भनेर हामीले पनि पानी पथान्तरणमा आवश्यक पर्ने सबै सहयोग गरेका छौं,' उनले भेन। त्यसैगरी ललितपुरमा पानी पठाउनका लागि सहयोग गर्नु हुने दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनलगायत त्यहाँका सम्पूर्ण स्थानीयबासीलाई मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरे।

काठमाडौँ उपत्यकाबासीलाई पानी खुवाउनका लागि मन्त्री आफैं अग्रसर भएर खटिएपछि उहाँसँगै मन्त्रालय, विभाग एवं केयुकेएलका कर्मचारीहरू पनि खटिएकाले काठमाडौंमा पानी खुवाउन सफल भइएको खानेपानी मन्त्रालयका प्रमिलादेवी शाक्य बज्राचार्यले बताए। 'विभगका वर्षमा काठमाडौँमा मेलम्चीको पानी पुस,माघ तीर आउने गरेको थियो। अहिले यस्तो विपद्को बेला हुँदा पनि मन्त्रीज्यु आफैं खटिनुभयो र हाम्रा कर्मचारीले पनि सक्रियता देखाउनु भएपछि काठमाडौंमा पानी ल्याउन सफल भएका हौं,' उनले भने।

मंगलबारदेखि काठमाडौं उपत्यकाबासीका धारामा मेलम्चीको शुद्ध एवं कञ्चन पानी आउन थालेपछि अहिले यहाँका नागरिकहरुमा पनि खुसीयाली छाएको आफूहरूले प्रतिक्रिया पाएको खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले बताए। 'मन्त्रीज्युको सक्रियतामा हामीले नागरिकहरूलाई असोज महिनामै मेलम्चीको पानी खुवाउन र बाढीले बिगारेका खानेपानीका मुहानहरु एवं संरचनाहरू मर्मत गर्न सफल भयौं। जनस्तरबाट अहिले राम्रो प्रतिक्रिया आएको हामीले पाएका छौं। यो हाम्रा लागि निकै खुशीको विषय हो,' उनले भने।

मेलम्चीको पानी अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइ काठमाडौं उपत्यकावासीका धारा धारा पानी वितरण कार्य पनि सुरु भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी ए। उनले भने, 'मेलम्चीको सफा अनि शुद्ध पानी आइपुगेको छ। हामीले उपत्यकावासीका धारा धारामा पठाएसकेका छौं।'

दसैं अगाडि काठमाडौंबासीलाई मेलम्चीदेखि अन्य ठाउँको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवले निकै चुनौतीका बाजबुद् पानी ल्याएर बितरण प्रक्रिया पनि सुरु भएपछि जनस्तरमा राम्रो छाप परेको खोपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले बताए। उनले भने, 'अविरल वर्षादेखि अन्य विभित समस्याका कारण काठमाडौं उपत्यकामा पानी ल्याउन यो वर्ष चुनौती थियो. मन्त्री ज्युको सक्रियताले पानी ल्याउन सफल भइयो। अहिले जनताले पानी खान पाउनुभयो,' उनले भने।

मन्त्री यादवकै निर्देशनका कारण बाढीका कारण काठमाडौँ उपत्यकामा भत्किएका एवं बिग्रीएका ढलहरुपनि मर्ममत गरी अहिले ढल निकासको कार्यहरु सुचरु रहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए। मेलम्चीबाट अहिले दैनिक १७ करोड लिटर पानी आपूर्ति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो। उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ। 

मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो। बिसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा बाह्रै महिना पानी वितरण हुन सकेको छैन। काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ। दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७/१७ करोड लिटर पानी ल्याइनेछ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन। 

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको मन्त्रालयले जनाएको छ। स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानीपोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा ७ सय ६० किमिमध्ये करिब ७ सय किमि पाइप बिछ्याइएको मेलम्ची उपआयोजना-२ ले जनाएको छ। आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना-२ ले जनाएको छ। त्यसैगरी मन्त्री यादवले बाढीका कारण काठमाडौं उपत्यकामा बिग्रिएका काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) का पानी प्रशोधन केन्द्रका उपकरणहरू तत्काल मर्मत गर्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन्। 

बाढीका कारण बिग्रीएका उपकरण लगायतका अन्य कार्य गर्नका लागि बजेटको सुनिश्चितता मन्त्री यादवले आफु गर्ने आश्वासन दिनु भएपछि अहिले काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारी एवं प्राविधिक टोली मर्मतका लागि युद्धस्तरमा काम गरीरहेका काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले बताए। -रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.