यसरी गरियो सवारीसाधनको पूजा
काठमाडौं : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइन्छ। यस दिन सवारी साधनको पूजा गर्ने चलन छ। सवारी साधनको पूजाका लागि सवारी धनीहरुले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन्।
विभिन्नथरिका सामग्रीसहित सवारीसाधनलाइ पूजा गर्ने गरिन्छ। कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरैजसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्छन्। यस दिन सवारी साधन पूजा गर्दा लामो समय टिक्ने र सवारी साधन चलाउँदा बाधा उत्पन्न नहुने जनविश्वास रहिआएको छ।