दसैंमा पिङ खेल्ने मजा, तर हराउँदै पिङ संस्कृति

दसैंमा पिङ खेल्ने मजा, तर हराउँदै पिङ संस्कृति

तानसेन : हरेक चाडपर्वले फरक फरक पहिचान र अनुभूति दिएको हुन्छ। दसैंमा पिङ खेल्ने चंगा उडाउने नेपालीहरूको पुरानो परम्परा र संस्कृति नै हो। अधिकांश स्थानमा युवाहरूका विदेशिएको कारण दसैंमा पिङको संस्कृति हराउँदै गएको छ। चाडपर्वमा हुने कला संस्कृति हराउँदै जाँदा नेपालीहरूको मौलिकता पनि लोप हुँदै गएको छ। लोप हुँदै गएको पिङ संस्कृतिलाई पाल्पाका केही स्थानमा भने निरन्तरता पाएको छ। 

तानसेनको बतासेडाँडामा मानिसको भीडभाड देखिन्छ। कोहीले खाल्टा खन्ने, कोहीले बास ल्याउने, कोहीले बास गाड्ने, कोहीले, पिङ बाँध्नका लागि डोरी मिलाउने लगायतका काममा युवाहरू सक्रिय देखिन्छन्। प्रत्येक वर्ष दसैंमा भुइँ नछोडे स्वर्ग पुगिन्न भन्ने नेपाली उखान नै रहेको पाइन्छ। 

तानसेनको बतासेमा लिंगे (डोरी) पिङ हालेर संस्कृति बचाइएको छ। भुइँ छोड्न पिङ खेल्न भन्दै दैनिक सयौं तानसेनवासी आजकल दैनिक बतासेडाँडामा पुग्ने गरेका छन्। पिङ खेल्न, संस्कृति बचाउन भन्दै तानसेनमा रहेका उच्च पदका व्यक्ति, राजनीतिक दलका नेता कार्यकर्ता लिंगे पिङ खेलेर रमाएका छन्। 

पिङ संस्कृतिलाई जोगाउन, दसैं आएको महसुस गराउन, मानिसमा उत्साह उमंग बढाउन, एक आपसमा भाइचारको सम्बन्ध बढाउन पाल्पा जेसिस, सशस्त्र प्रहरी बल, तानसेन नगरपालिकाले तानसेनका विभिन्न स्थानमा पिङको व्यवस्था गरेको छ। बुढापाकामा रहेको ज्ञान सिप मनोरञ्जनलाई युवा वर्गले नै प्रयोगमा ल्याउने हो, हामीले नै स्थानीय कला संस्कृति जोगाउनु पर्छ भन्ने यो अभियानमा सक्रिय भएर लागेको पाल्पा जेसिसका अध्यक्ष अर्जुन कार्कीले बताए। 

पहिले पहिले गाउँ घर टोल बस्तीमा जताततै बाबियोदेखि काठे पिङ राख्ने खेल्ने प्रचलन हराउँदै गएपछि पाल्पाका केही स्थानमा संस्कृति जोगाउने नाममा पिङ खेल्ने व्यवस्था मिलाइएको छ। तानसेनको टुँडिखेलमा पनि नेपाली सेनाले प्रभास, दमकडा क्षेत्रमा स्थानीय युवाको सहभागितामा पिङको व्यवस्था मिलाइएको छ। पिङ मानिस जीवन संस्कृति सँग जोडिएको पाइन्छ। 

पिङले युवाहरूलाई चलायमान बनाउने गरेको छ। गाउँघरमा अझै पनि बाबियो वा खरको डोरी बनाएर पिङ बनाउने गरिन्छ। पिङ बनाउन केटाकेटीदेखि युवा युवतीहरू सक्रिय भएर लाग्ने गरेको भएपनि संस्कृति दिनहुँ हराउँदै जाने, गरेको छ। यस्तो अवस्थामा स्थानीय कला संस्कृति तथा चाडपर्वमा लक्षित गरेर सञ्चालन हुने पिङ जस्ता संस्कृति युवा वर्गले बचाउनु पर्ने देखिएको छ। नेपालीको पहिचान नै परम्परागत मौलिक कला संस्कृति भएकोले स्थानीय सरकारले पिङ चंगा सस्कृति बचाउन वार्षिक योजना तथा कार्यक्रम नै बनाउनु पर्ने युवा शंकर भण्डारीले बताए। 

युवाहरू रोजगारिका लागि विदेशिने, गाउँ शहरमा वृद्ध, महिला तथा बालबालिका मात्र रहने पिङ जस्ता संस्कृति हराउँदै गएका छन्। युवा परम्परागत कला संस्कृतिमा पनि पुस्ता हस्तानतरण नहुँदा चाडपर्वमा रमाइलो गर्ने कला संस्कृतिहरू हराउँदै गएका हुन्। पिङ संस्कृतिले सामूहिकताको भावना प्रदर्शन गरिरहेको हुन्छ। एक आपसी सहयोग र सहकार्यबाट अन्तर सम्बन्ध भावनाहरू बलियो हुन्छ। बालबालिकादेखि, युवा युवती महिला पुरुष, जेठ नागरिकहरू पिङ खेलेर रमाउने गरेका छन्। पिङ मच्चाउँदा चाचहुई चाचहुई गर्दा शरीरमा ऊर्जा उत्पन्न, शरीर चलायमान हुने शारीरिक रूपमा पनि निकै फाइदाजनक हुने वरिष्ठ पत्रकार जगदीश भट्टराईले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.