मुस्ताङमा अन्तर्राष्ट्रिय प्रथम पर्वतीय कला महोत्सव हुने

मुस्ताङमा अन्तर्राष्ट्रिय प्रथम पर्वतीय कला महोत्सव हुने

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव हुने भएको छ। मुस्ताङको प्राकृतिक सौन्दर्यता, ऐतिहासिक, धार्मिक, सांस्कृतिक रीतिरिवाज तथा परम्परा र यहाँको जैविक विविधतालाई चित्र कलाको  माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न उद्देश्यले यही अक्टोबर १८ देखि अक्टोबर २४ सम्म प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना गर्ने तयारी गरिएको हो।

पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालका केही पर्यटन व्यवसायीहरूको सक्रियतामा मुस्ताङमा प्रथम पर्वतीय कला महोत्सव आयोजना गर्ने तयारी गरिएको हो। आयोजक समितिको संयोजक त्रिपल गुरुङले जानकारी दिए। मुस्ताङमा पहिलो पटक आयोजना हुन लागेको पर्वतीय कला महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट ,साउन्ड हिलिङ लगायत विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम गरिने महोत्सव आयोजक समितिका संयोजक गुरुङले उल्लेख गरे। 

यस्तै पर्वतीय कला महोत्सवमा‘ट्राभलिङ किम्फ’ रहेको उनले बताए। महोत्सव अवधिभर हरेक साँझ २ घण्टा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले स्थानीय स्तरमा हिमाली क्षेत्रका नामी अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गरिने बताइएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको जनजीवनमा पारेको प्रत्यक्ष प्रभाव लगायतका विषयमा मुस्ताङमा छायांकन भएका अन्तर्राष्ट्रिय सट चलचित्रहरू देखाइने योजना रहेको संयोजक गुरुङको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.