कालीकोटको दसैं : सदरमुकाम सुनसान, गाउँमा रमाइलो

व्यापार नहुँदा व्यवसायी चिन्तामा

कालीकोटको दसैं : सदरमुकाम सुनसान, गाउँमा रमाइलो
सुनसान सदरमुकाम मान्म बजार । तस्बिर : भरतराज बिष्ट

कालीकोट : कालीकोटको सदरमुकाम मान्म बजार यति बेला सुनसान छ। अन्य स्थानीय हाट बजारमा पनि सुनसान छ। मान्म बजारका पसल, बजार बन्द छन्। बजारमा फाट्टफुट्ट मानिस र केही प्रहरीबाहेक अरु कोही भेटिँदैनन्।

गाउँघर भरिभराउ र रमाइलो भएको दशैं मान्न घर पुगेका लाउरे कृष्ण रोकायाले बताए। उनले भने, 'बजारमा भन्दा गाउँमा मानिसको घुइँचो बढी छ। दशैंमा पिङ खेल्ने, पुराना साथीभाइसँगै भेटघाट हुने भएकाले रमाइलो गाउँमै छ। null

यसपालीको दसैँमा व्यापार नभएपछि व्यवसायीहरू चिन्तामा छन्। साहुको ऋण निकालेर थपेको सामान बिक्री नहुँदा पसले साहूहरू चिन्तामा परेका हुन्। यस्तै दसैँ, तिहार जस्ता ठूला चाडपर्वमा व्यापार राम्रो हुने व्यवसायीको आशा थियो तर यो पटकको दसैँमा खासै व्यापार व्यवसाय नभएको उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए। उनले भने, 'दसैँ तिहारकै लागि भनेर सामान ठूलो परिमाणमा पसलमा हाले पनि सो अनुसारको व्यापार हुन नसकेको व्यापारीको गुनासो छ।'

खाँडाचक्र नगरपालिकाको वडानं. १ को मान्म बजार प्रमुख व्यापारिक केन्द्र हो तर यसपालि खासै व्यापार नभएको स्थानीय युवा व्यवसायी सुमन बिष्टले बताए। उनले भने, 'यसअघिका दसैँतिहारमा लत्ताकपडामा मात्र होइन, फर्निचरका सामान, फेन्सि, खाद्य सामानहरू चाडपर्वमा बिक्री हुन्थ्यो। तर यसपालि व्यापारको नाममा शून्य नै भयो।' 

यस्तै स्थानीय हाटबजार लालिघाट, हुल्म बजार, नान्म बजार, खुलालु, सान्तिघाट, जारकोट र बाख्रेबजारलाई पनि कालीकोटका मुख्य व्यापारिक केन्द्रको रुपमा चिनिए पनि यो वर्ष व्यापार छैन।

अरू बेला जे जस्तो भएपनि चाडपर्वमा केही कमाइ होला भन्ने व्यापारीको आशा थियो। सबै आशा निरासामा परिणत भएको हुल्म बजारमा व्यापार गर्दै आएका चन्द्रजंग मल्लको दुखेसो छ। 

यस्तै होटल व्यवसायीहरू पनि मर्कामा परेका छन्। उद्योग वाणिज्य संघ कालीकोटका वरिष्ठ उपाध्यक्ष जनकबहादुर शाहीले होटल व्यवसायीहरूलाई यो दसैंले खासै खुसी नलाएको बताए। उनले भने, 'देशको अर्थतन्त्र कमजोर भएका कारण होला मानिसमा खासै उत्साह छैन। यहाँका कपडा, जुत्ताचप्पल, भाँडाकुँडाको व्यापार गर्ने व्यवसायीले बैङ्कबाट ऋण लिएर दसैँ तिहारलक्षित सामान थपेका छन्।' बजारमा व्यापार गर्दै आएका हर्क बहादुर बमले ग्राहक आइरहेको भएपनि व्यापार भने पहिलेभन्दा आधाले घटेको  बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.