प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका र जमरा

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका र जमरा
तस्बिर : राष्ट्रपति सचिवालय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्। शीतल निवासमा प्रधानमन्त्री ओलीले  राष्ट्रपतिबाट  विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन्। 

शितल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्व र त्यसपछि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम सुरू रहेको छ । प्रधानमन्त्री ओलीले  बाढी पहिरो र विपद्का कारण परिवारका सदस्यहरुसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखेको शुक्रबार नै जानकारी गराएका छन्।

शितल निवासमा टीका तथा जमरा ग्रहण गर्न उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतका मन्त्रीहरूपनि पुगेको राष्ट्रपतिका स्वकीय सचिवालयले जनाएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले पनि राष्ट्रपति पौडेलको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.