बन्दीहरूले सामूहिकरूपमा लगाए टीका

बन्दीहरूले सामूहिकरूपमा लगाए टीका

नुवाकोट : नुवाकोट कारागारका कैदीबन्दीहरुले एक आपसमा खुसीयाली साटासाट गर्दै सामूहिकरूपमा यस वर्षको बडादशैं पर्व मनाएका छन्। उनीहरूले एकआपसमा टीका लगाउनुका साथै सामूहिक भोजभतेर गरेर बडादसैं मनाएका हुन्।

विदुर नगरपालिका-६ चण्डीपोखरी, खम्पाक्याम्पमा रहेको जिल्ला कारागारमा बन्दी जीवन व्यथित गरिरहेका थुनुवा बन्दीहरूले शनिबार एकआपसलाई विजयादशमीको टीका लगाएर र भोजभतेर गरेर सामूहिकरूपमा वर्ष दिनको ठूलो पर्व बडादसैं निकै खुसीयालीसाथ मनाएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जानकारी दिएको छ।

विभिन्न मुद्दामा परेर कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेल सम्मका लागि बन्दी जीवन बिताइरहेकाहरूले कारागारभित्रै आपसमा रमाइलो गर्दै बडादसैं मनाएका हुन्। कारागारमा रहेका १९ महिला एक नाबालकसहित दुई सय ६० जना कैदीबन्दीहरूले एकआपसमा खुसी साटासाट गर्दै सामूहिकरूपमा एकआपसमा टीका लगाएर बडादसैं पर्व मनाएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। 

 
कारागारमा रहेका बन्दीहरूले चारवटा बोका र एउटा रांगो तथा आवश्यक मात्रामा कुखुराको मासु कारागारमै ल्याएर भोजभतेर गर्नुका साथै बन्दीहरूले विजया दशमीको दिन शनिबार टीकाटालो गर्दै खुसीयालीका साथ मिठा-मिठा परिकारहरू कारागारभित्रै पकाएर बाँडीचुँडी खाँदै बडादसैं मनाएका हुन्। 

कारागारका अनुसार बन्दीका आफन्तहरूले कारागारमै आएर विजया दशमीको टीका तथा जमरा लगाइदिएका हुन्। 
विजया दशमीको दिन विहान १० देखि बेलुकी ५ बजेसम्म बन्दीका आफन्तहरूलाई कारागारमा आएर टीका लगाउन समय दिइएको थियो। सो अवधिमा बन्दीका आफन्तहरू आएर टीका लगाइदिएका हुन्। 

टीका लगाउने कार्य असोज २८ गतेसम्म जारी रहने कारागार प्रशासनले जनाएको छ। सरकारी तर्फबाट बन्दीहरूका लागि सरकारले दसैंखर्च जनही नगद तीन सय रुपैयाँ उपलब्ध गराइएको थियो। बाँकी रकम बन्दीका आफन्तजन तथा शुभचिन्तकहरूले उपलब्ध गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.