देश विकासका लागि सबै दल एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

देश विकासका लागि सबै दल एकजुट हुनुपर्छ : मन्त्री गुप्ता

वीरगन्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

पर्साको पकाहामैनपुर गाउँपालिकामा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आफ्नो गाउँठाउँको विकासका लागि दलहरू आफ्नो  राजनीतिक आस्थाभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्ने बताए। उनले भने, 'विकासका सबालमा दलगत इगो राख्नु हुँदैन। सबै दल एकजुट भएर अगाडि बढ्नुपर्छ।'

उनले गृह जिल्ला पर्साका कृषिको प्रचुर सम्भावना रहेकाले यहाँका किसानका लागि आफू यहीँको जनप्रतिनिधि भएका हिसाबले पनि गम्भीर रहेको बताए।

पकाहा मैनपुर गाउँपालिकामा बढी कृषियोग्य भूमि भएकाले यहाँको लागि कोल्ड स्टोर सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढिसकेको उन ले बताए। उनले कोल्ड स्टोर सञ्चालन भएसँगै खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्नसमेत महत्त्वपूर्ण टेवा पुग्ने बताए।

धोबिया टोल हुँदै लहवारथकरी जोड्ने सडक बनाउन टेन्डर आह्वान भइसकेको र काम चाँडै सम्पन्न भएमा यस क्षेत्रको व्यापार तथा समग्र विकासमा अभूतपूर्व उपलब्धि हासिल हुने बताए। उनले स्थानीय प्रशासन र राजनीतिक दलको सचेततापूर्वक योगदानका लागि आग्रह पनि उनले गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.