इजरायली सैन्य आधार शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण, ४ सैनिकको मृत्यु र ६० बढी घाइते

इजरायली सैन्य आधार शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण, ४ सैनिकको मृत्यु र ६० बढी घाइते

तेल अभिभ : हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा ४ सैनिकको मृत्यु भएको छ। उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको  आक्रमणमा ४ सैनिकको मृत्यु र अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ)ले जनाएको बीबीसीमा उल्लेख छ। 

आईडीएफका अनुसार आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएका छन् । बीबीसीका अनुसार तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो ।  

इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा बिहीबार गरेको आक्रमण प्रतिउत्तरमा सैन्य आधार शिविरमा आक्रमण गरिएको हिजबुल्लाहको संचार कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.