पर्यटकको रोजाइमा चितवनको गोलाघाट

पर्यटकको रोजाइमा चितवनको गोलाघाट
मेघौलीको गोलाघाटमा सुर्यास्तको अवलोकनमा रमाएका पर्यटक । तस्विर: अनिल ढकाल

चितवन : पूर्वबाट बग्दै आएको राप्ती र उत्तरी भेगबाट आएको नारायणीको संगमस्थल हो गोलाघाट । दुई नदीको मेल देखिने फराकिलो नदीको भाग र बीचको टापु  । वारि मध्यवती वन र पारिपट्टी चितवन राष्ट्रिय निकुञ्जको हरियाली । साँझपख अस्ताउँदै गरेको सुनौलो रंग घाम,त्यही घामको छाँयाले सजिएर  गोलाघाट ‘गोधूलि’ बन्छ ।  भरतपुर महानगरपालिका २८ स्थित गोलाघाटमा देखिने फराकिलो नदी , सुर्यास्तको लोभलाग्दो दृष्यले पर्यटकलाई लोभ्याउँछ । 

पहिलो पटक घुम्न पुगेका भरतपुर १० युनिक टोलका खुमनाथ पौडेल दंग परे । मनोरम दृष्यमा रमाएका उनले गोलाघाट रमणीय लागेको अनुभव सुनाए । ‘राप्ती र नारायणी नदी ,वातावरण सबैले धेरै राम्रो लाग्यो , ’ उनले भने ,‘यो पर्यटकीय ठाउँमध्यको पनि उत्कृष्ट लाग्यो । यो घुम्न जानपर्ने ठाउँ हो । ’

null

साँझपख गोलाघाट घुम्ने पर्यटक बढ्न थालेका छन् । नारायणी नदी किनारमा तटबन्ध गरेर ड्याम बनेको छ । ड्यामले पर्यटकलाई गोालघाटको नदी किनारमा पुग्न सजिलो भएको छ । पहिला मध्यवर्तीको वनबाट जानुपर्ने भएकोले अलि जोखिम थियो । अहिले बाढीले झाडी बगाएपछि खुल्ला भएको छ । 

पारिवारिक रुपमा घुम्नेको उत्तिकै भिड लागेको छ । ड्याममा रमाउँदै सुर्यास्त हेर्नेको भीड लाग्छ । पूर्वि चितवनको खोलेसिमलबाट पुगेका पुरुषोत्तम कंडेलले सुर्यास्त अवलोकनको मज्जाको लागि उत्तम थलो रहेको बताए । ‘यहाँ आउँदा आफै हराएको पाएँ । फराकिलो भएर बगेको नदी ,टाढासम्म देखिने सुर्यास्त साँच्चिकै मनमोहक छ ,’उनले भने ,‘यो ठाउँको प्रचार प्रसार गर्नुपर्छ । विदेशी त आएको देखियो । आन्तरिक पर्यटक पनि रमाउने यति रमाइलो ठाउँ मैले अन्यत्र देखिन । यो चितवनको सबैभन्दा उत्कृष्ट ठाउँ लाग्यो । ’

null

मेघौलीमा ठूला होटल बनेका छन् । शान्त र प्राकृतिक वातावरणमा रमाउन चाहने महंगा पर्यटक मेघौली बस्न मन पराउँछन् । ठूला होटलले साँझपख सुर्यास्तको बेला क्याम्प बनाउँछन् । खानाको स्वादमा सुर्यास्तको दृष्य हेरेर रमाउँछन् । विदाको समयमा आन्तरीक पर्यटकको भीड लाग्छ । दशैंको विदामा गोलाघाट पुग्ने आन्तरिक पर्यटक बढेका छन् । भरतपुर ५ तोरिखेतकी समिक्षा गौतमले परिवारसहित विदा मनाउन आएको बताइन् । ‘दशैंको विदा मनाएर आएको हुँ । प्राकृतिक मनोरम वातारण र सुर्यास्त हेरेर रमाइलो गर्‍यौं । ’ 

भरतपुर महानगरपालिकाले गोलाघाटको पर्यकीय विकासका लागि प्राथमिकतामा राखेको छ । महानगरले पर्यटक तान्नका लागि पूर्वाधारसहित प्रचार प्रसारमा लगानी गरेको छ । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीले महानगरले गोलाघाटको पहिचानसहितको पर्यटन विकासलाई प्राथमिकतामा राखेर विकास गरेको बताए । ‘गोलाघाट स्वर्ग नै हो । हामीले भनेर होइन यहाँ आएकाहरूको अनुभव हो । त्यसैले पनि  पछिल्लो समय घुम्न आउनेहरू बढेका छन् ,’उनले भने,‘पर्यटनको विकास र आकर्षणका लागि महानगरको विविध योजना यहाँ परेको छ । पर्यटक भित्राउन हामी योजनावद्ध लागेका छौं । ’

null

नेपालको पर्यटनको सुरुवाति थलो मेघौली हो । २०२२ सालमा टाइगर टप्सको सञ्चालन भएसँगै पर्यटनको व्यवसायीक  थालनी भएको मानिन्छ । यसैबेलादेखि  नेपालमा वन्यजन्तुमा आधारित  पर्यटन पनि सुरुवात भएको मानिन्छ । त्यसैको नजिक रहेको गोलाघाटले मेघौलीको पहिचान बनाएको छ । थारु र कुमाल जातीको संस्कृति पनि देखाउने गरिन्छ । गोालघाट भरतपुरको चौबिसकोडीबाट करिब ३५ किलोमिटर पश्चिममा पर्छ । 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.