वायु प्रदुषण नियन्त्रणका लागि नयाँदिल्लीमा आतिशबाजी प्रतिबन्ध

वायु प्रदुषण नियन्त्रणका लागि नयाँदिल्लीमा आतिशबाजी प्रतिबन्ध
फाइल तस्बिर।

नयाँ दिल्ली : वायु प्रदुषण नियन्त्रणका नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध लगाइएको छ। सोमबार प्रशासनले उक्त प्रतिबन्ध लगाएको जनाएको थियो।

दीपावलीमा पटाकाको प्रयोग अत्यधिक हुने गरेको छ। भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाएको थियो।

दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।'

उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितको लागि उक्त निर्णय गरिएको समितिले जनाएको छ । 

दिपावलीमा आतिशबाजीलाई उत्सवको अभिन्न अङ्गको रूपमा लिन्छन्। यो पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रुपमा मनाइन्छ। यसमा हिन्दू देवी लक्ष्मीको आराधना गरिन्छ।

करिब तीन करोड जनसङ्ख्या रहेको नयाँ दिल्लीमा यसअघि लगाइएको प्रतिबन्धलाई पूर्ण पालना भने गरिएको थिएन। 

नयाँदिल्ली हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुनेगरेको छ । 

नयाँदिल्लीले शहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराल जलाउनु) पनि भएको बताउने गरेको छ । दीपावली (दिवाली) को आसपास आतिशबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउने उनीहरुले बताएका छन्।

फोक्सोको माध्यमबाट रक्तप्रवाहमा प्रवेश गर्ने पीएम २.५ प्रदूषकको रूपमा चिनिने क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरूको स्तर नयाँदिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको खतरा सीमाभन्दा ३० गुणा बढीसम्म हुने गर्छ । 

सन् २०२० मा ल्यान्सेटको एक रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा करिब १७ हजार ५०० जनाको मृत्यु भएको थियो ।

यो प्रतिबन्ध सन् २०२४ को अन्त्यसम्मका लागि जारी रहने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.