पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

पशुपति गौशाला धर्मशालामाथिको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जमा प्रदर्शन

वीरगन्ज : काठमाडौंमा रहेको पशुपति गौशाला धर्मशालामा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको हस्तक्षेप रोक्न माग गर्दै वीरगन्जका मारवाडी समुदायले वीरगन्जमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

मारवाडी समुदाय सम्बद्ध विभिन्न संघसंगठनहरुले मंगलबार वीरगन्जमा शान्तिपूर्ण जुलुश निकालेर प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रपनि बुझाएका छन्। मारवाडी समाज सेवक संघ, मारवाडी सेवा ट्रष्ट, टिबडेवाल धमार्थ ट्रष्ट, वीरगन्ज-जीतपुर गौशाला, जैन श्वेताम्भर सभा र महेश्वरी समाज वीरगन्जले संयुक्तरूपमा आदर्शनगरस्थित राणीसती धर्मशालाबाट शान्तिपूर्ण जुलुश निकालेर जिल्ल प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

उक्त ज्ञापनपत्रमा भनिएको छ, 'अदालतबाट मुद्धाको अन्तिम किनारा नलागेकै अवस्थामा पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई सञ्चालन दिने कार्यको भत्र्सना गर्दछौ। काठमाडौं महानगरपालिकाले गुण्डागर्दी शैलीमा पशुपति गौशाला धर्मशाला कब्जा गर्न गएकोमा घोर भर्त्सना गर्छौं। पशुपति गौशाला धर्मशाला माथिको आक्रमण मारवाडी समुदायमाथि मात्रै नभएको भन्दै यो हिन्दूहरूको आराध्य देव भगवान् पशुपतिनाथसँग सम्बन्धित पवित्र भूमि माथिको आक्रमण भएको ठहर छ।

विश्वभरबाट आउने हिन्दू श्रद्धालुहरूको बसोबास र भोजनको व्यवस्थापनसँगै गौशालामा गो पालन हुँदै गरेको र झन्डै एक सय जना मिर्गौला रोगी को निःशुल्क डाइलेसिस भइरहेको अवस्थामा उक्त भवनलाई प्रचलित कानुन तथा विभिन्न समयमा भएको सम्झौता विपरीत काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मा दिएर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवले भूमाफियाबाट ठूलो आर्थिक लाभ प्राप्त गरेको आरोपपनि मारवाडी समुदायले लगाएका छन्। मारवाडी सेवा समितिले नै धर्मशालाको सञ्चालन गर्न पाउनु पर्ने तथा पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाको गैरकानूनी हस्तक्षेप रोक्नु पर्ने माग उनिहरुको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.