पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ
काभ्रेपलाञ्चोक : पनौती नगरपालिका-१ बाट १ थान पेस्तोल र ३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ रहेको प्रहरीले जानकारी दिएको छ। उनी सोमबार दिउँसो पक्राउ परेका थिए।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घरमा खानतालसी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !