महिलालाई अश्लील म्यासेज पठाई चरित्र हत्या गरेको आरोपमा पक्राउ
काठमाडौं : इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाललाई पक्राउ गरेको हो ।
पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दुःख हैरानी, मानसिक तनाब दिने कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो ।
उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !