पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
धादिङ : पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक खण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ । सडक अवरुद्ध भएपछि मंगलबार बिहानैदेखि मेशिन परिचालन गरी पहिरो पन्छाउने काम गरिएको थियो । बाँकी रहेको पहिरो पूर्ण रूपमा हटाइएपछि सडकमा सवारी आवागमन सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक सञ्चालनमा आए पनि वर्षायामका कारण थप पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक डिभिजन भरतपुरले लेन अनुशासन पालना गर्न, अनावश्यक ओभरटेक नगर्न तथा सीमित गतिमा सावधानीपूर्वक सवारी चलाउन सबै चालकलाई अनुरोध गरेको छ । यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !