विभिन्न जिल्लामा जुवातास खेलिरहेको २७ जना पक्राउ

विभिन्न जिल्लामा जुवातास खेलिरहेको २७ जना पक्राउ
फाइल तस्बिर

काठमाडौं : भिमदत्त नगरपालिका-४ बजारस्थित हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ४० वर्षीय उत्तम बहादुर बिष्ट समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय ९० रुपैयाँ र २ सय ८ पत्ति ताससहित पक्राउ गरेको हो। 

त्यस्तै पोखरा महानगरपालिका-१७ ड्यामसाईडस्थित खेमराज आचार्यको होटल सिड्नी बोल्ममा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा गल्याङ नगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-१७ विरौटा बस्ने ३८ वर्षीय नविन थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ४ सय २६ रूपैयाँ, भारतीय ५ सय रूपैयाँ र २ सय ७ पत्ती तास सहित पक्राउ गरेको हो।  

त्यस्तै शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने बिनोद खरेलको घरमा रहेको सगरमाथा होटलमा जुवातास खेलिरहेको अवस्थामा खरेल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ४ हजार ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.