लागूऔषध सहित चार जना पक्राउ

लागूऔषध सहित चार जना पक्राउ

काठमाडौं : भद्रपुर नगरपालिका-५ बसपार्कस्थित न्यू बान्तवा होटलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५२ ग्राम २ सय ९० मिलिग्रामसहित भारत बिहार किसानगंज ठाकुरगंज पंचायत उर्दु कोलोनी-८ बस्ने ३८ वर्षीय जमकोद खान र निजको छोरा १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

त्यस्तै गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध चरेश ५ सय ४५ ग्राम सहित सोही ठाउँ बस्ने ५९ वर्षीय सहदेव भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो। 

त्स्तै धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश रानालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय  कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.