गीत गजल सञ्चालकमाथि विराटनगरमा खुकुरी प्रहार

गीत गजल सञ्चालकमाथि विराटनगरमा खुकुरी प्रहार
खुकुरी प्रहारबाट घाइते भएका दिलिपकुमार भगतको उपचार हुँदै।

विराटनगर : विराटनगरको एउटा गीत गजलका सञ्चालकमाथि मंगलबार साँझ खुकुरी प्रहार भएको छ।

 
मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट देब्रे हातमा र नाकको डाँडीमा चोट लागेका भगतको अवस्था सामान्य रहेको मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए।

उनलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ। गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ। विराटनगर महानगरपालिका-९ का सावन दास र विनोद रायले साँझ करिब ६ बजेतिर भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। 

घटनापछि दास र राय फरार भएका छन्। उनीहरूको खोजी भइरहेको इन्स्पेक्टर ओलीले बताए। घटना भएको गीत गजल विराटनगरको भूमि प्रशासन चोकमा छ। खुकुरी प्रहार हुनुको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी ओलीले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.