यसकारण चलेको थियो वीरगन्ज-रक्सौल नाकामा गोली, दुई जना पक्राउ

यसकारण चलेको थियो वीरगन्ज-रक्सौल नाकामा गोली, दुई जना पक्राउ
भारतको रक्सौलस्थित हरैया थानाले पक्राउ गरेका दुई व्याक्ति। तस्बिर : भारतीय प्रहरी

वीरगन्ज : वीरगन्ज-रक्सौल सीमामा मंगलबार चलेको गोली प्रकरणमा दुई जना पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएबी)माथि हातपात गर्ने क्रममा गोली चलेको भारतीय प्रहरीले जानकारी दिएको छ।

   
नेपाल-भारत सीमा नाकाको दशगजा क्षेत्रमा मंगलबार दिउँसो नेपालतर्फबाट कबाड लिएर जाँदै गरेका तस्करहरूलाई एसएसबीले रोक्न खोज्ने क्रममा झडप हुदाँ एसएसबीका जवानले  दुई राउण्ड गोली चलाएका थिए। एसएसबीसँग झडप भएपछि नेपालतर्फ भाग्दै गरेका कबाड तस्करहरूलाई लखेट्दै आएका एसएसबीका जवानले गोली चलाए पनि मानवीय क्षति भने भएको थिएन। एसएसबीले चलाएको गोलीको खोका नेपाली भूमिमा भेटिएको थियो।
  
तस्करहरूले एसएसबीका जवानद्वय नविन कुमार र श्री पालमाथि आक्रमण गरेर लछार्दै नेपालतर्फको दशगजा क्षेत्रमा लैजान खोजेको र हतियारसमेत खोज्ने प्रयास गरेपछि आत्मरक्षाका लागि एसएसबीका जवान नविन कुमारले दुई राउण्ड गोली चलाएपछि कबाड तस्कहरू नेपालतर्फ भागेको एसएसबीका कमाण्डेट विकास कुमारले मंगलबार बताएका थिए। 

मंगलबारको उक्त घटनामा एसएसबीमाथि आक्रमण र ढुंगामुढा गर्ने समूहमध्येका दुई जनालाई मंगलबार नै बेलुकी रक्सौलस्थित हरैया थानाका थानाध्यक्ष अअन्जन कुमार नेतृत्वको भारतीय टोलीले पक्राउ गरेको भारतीय प्रहरीका एसपी स्वर्ण प्रभातले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा भारत रक्सौलको अहिरवा टोलाका जितु कुमार र खुर्शीद आलम रहेका छन्। उक्त घटनामा संलग्न अन्य व्याक्तिहरूको पनि खोजी भइरहेको एसपी स्वर्ण प्रभातले बताए। 

मंगलबार दिउँसो नेपाल-भारत सीमास्थित मितेरी पुलको दक्षिणपट्टी तिरको क्षेत्रमा गोली चलेपछि नेपालबाट नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारती, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालसहितको टोलीले घटनास्थलमा पुगेको थियो। त्यसक्रममा उनीहरूले भारतीय प्रहरी र एसएसबीका अधिकारीहरूसँग घटनास्थलमै भेटेर छलफल गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले मंगलबार सीमा क्षेत्रमा भएको घटनाबारे नेपाल प्रहरीले पनि आफ्नो तरिकाबाट अनुसन्धान गरिरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.