टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प
इस्तानबुल : टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयानुसार बुधबार विहान १०:४६ बजे मालात्या प्रान्तको काले सहरमा भूकम्प गएको हो।
भूकम्पबाट कुनै मानवीय क्षतिको विवरण आइनसकेको अधिकारीहरूले बताएका छन्। राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले ५.९ म्याग्निच्युडको भूकम्प गएको र त्यसबाट कुनै धनजनको क्षति नभएको उल्लेख गरेको छ।
यस क्षेत्रमा गत वर्ष पनि विनाशकारी भूकम्प गएको थियो। त्यसबेला ७.८ म्याग्निच्युडको भूकम्पबाट पूरा सहर प्रभावित बनेको थियो।