माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, काठमाडौंमै आकस्मिक अवतरण

माउन्टेन फ्लाइटमा गएको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, काठमाडौंमै आकस्मिक अवतरण
फाइल तस्बिर ।

काठमाडौं : बुद्ध एयरको माउन्टेन फ्लाईटमा गएको विमानमा प्राविधिक समस्या देखिएको छ। बिहीबार बिहान उडान नम्बर १०० मा रहेको ‘नाईनएन एजेएस’ कल साईनको विमानमा दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाइभर्ट गरी काठमाडौं अन्तर्राष्ट्रिय  विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ। 

विमानमा समस्या आएपछि काठमाडौंमै फर्काइएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। विमानको प्राविधिक टोलीले अहिले जाँच गरिरहेको कर्णले बताए।

बुद्ध एयरको आजको माउन्टेन फ्लाइटका लागि पाँच उडान निर्धारण गरिएकामा सबै उडान रद्द भएका छन्। काठमाडौंबाट माउन्टेन फ्लाईटमा गएका विमान हिमाल नदेखिएपछि फर्किएका सूचनाअधिकारी कर्णले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.