मेला हेर्न गएका सोनारको शव बाराको गण्डक नहरमा भेटियो, अर्का बेपत्ता

मेला हेर्न गएका सोनारको शव बाराको गण्डक नहरमा भेटियो, अर्का बेपत्ता
सांकेतिक तस्बिर।

सिमरा : मेला हेर्न भनेर आइतबार साँझ घरबाट निस्किएका वीरगन्जका एक पुरुषको शव बाराको फेटा गाउँपालिका- १ स्थित गण्डक नहरमा भेटिएको छ । वीरगन्ज महानगरपालिका- ३ छपकैयाका करिब २६ वर्षीय वीरेन्द्र साह सोनारको शव बिहीबार बिहान गण्डक नहरमा भेटिएको हो । 

नहर छेउमा हिँड्दै गरेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर नफर्किएको दिनदेखि उनको खोजी भइरहेको थियो ।  बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार मुसर्वा मेला हेर्न भनेर वीरेन्द्र चार दिनअघि घरबाट निस्किएका थिए । 

उनीसँगै उनको घरमा बस्ने बिजय गुप्ता कलवार पनि गएका थिए । कलवार पनि सम्पर्कविहीन छन् ।  प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सापकोटाले वीरेन्द्रसँगै गएका कलवार पनि हालसम्म सम्पर्कविहीन रहेको बताए । प्रवक्ता सापकोटाले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.