प्यालेस्टिनी र लेबनानीमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन

प्यालेस्टिनी र लेबनानीमाथिको आक्रमणविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं : प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथि इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतिघरमा अनेरास्ववियू क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सबै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।

विरोध प्रदर्शनका क्रममा अनेरास्ववियू क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलले लेबनान र प्यालेस्टाइनका जनताप्रति इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै निन्दा गरे। उनले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे।

उनले अनेरास्ववियू क्रान्तिकारी सबै प्रकारको दमनको विरोधमा रहेको स्पष्ट पारे। संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.