गह्रौंकालिकालाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्छ :अध्यक्ष ढकाल

गह्रौंकालिकालाई धार्मिक पर्यटनको गन्तव्य बनाउनुपर्छ :अध्यक्ष ढकाल

स्याङ्जा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गह्रौंकालिको मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा पर्यटकीय गन्तव्य  बनाउन सकिने बताएका छन्। बडादशैंको पूर्णिमा तिथि पारेर वालिङ् र गल्याङ् नगरपालिकाको संगमस्थल गह्रौसुरमा नवनिर्मित कालिका मन्दिरको उदघाटन गर्दै ढकालले बाग्लुङ्मा निर्मित पञ्चकोट धाम झैं गह्रौकालिकाको प्रवर्द्धन तथा विस्तार गर्नका लागि सहकार्य गर्न सकिनेमा जोड दिए। वालिङ नगरपालिका ८ र १० मा पर्ने गह्रौंसुर गल्याङ नगरपालिकासँग पनि जोडिएको छ।

‘धार्मिक पर्यटनको पूर्वाधारसहित निर्माणमा हाम्रा अभियानहरू जारी नै छ,'उनले थपे, 'धर्म,पर्यटन, व्यवसाय, उद्योग प्रवर्द्धन गर्नु भनेकै अर्थतन्त्रमै जोडिनु हो। लुम्बिनी,मुक्तिनाथ दर्शन तथा अध्ययन अवलोकनका लागि आउने ५० प्रतिशत पर्यटक पोखरा आउने र उनीहरूमध्ये केहीलाई यहाँ भित्रयाउन सके धेरै राम्रो हुन्छ।’ 

धार्मिक पर्यटनसँगै आयआर्जनमा जुट्न सकिने जनाउँदै यसक्षेत्रका विकासका लागि व्यक्तिगत तथा संस्थागतरुपमा सहयोग गर्ने बताए। यतिबेला बैकमा निक्षेप पर्याप्त रहेको र व्याजदर निकै घटेको जनाउँदै नेपालमा लगानीको वातावरण छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए। नेपालमा लगानीको वातावरण बन्दै गएको उनको दावी छ।  

पछिल्लो समय लगानी प्रवर्द्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको पनि जानकारी गराए। आफूहरूकै पहलमा सरकारले ८ वटा कानुन शंशोधन गरी लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरेको जानकारी गराए। 

यसैसाता मुक्तिनाथ सहित चीन र भारत जोड्ने कोरला नाकासम्मको भ्रमण गरेको स्मरण गराउँदै उनले भने,‘कोरला नाकाका चीनतर्फका राम्रा पूर्वाधार निर्माण भएका छन्। तर,नेपालतर्फ भने केही हुन सकेको छैन। यसतर्फ सरकारको ध्यान जान जरुरी छ।’   

निजी क्षेत्रले उठाउँदै आएको कर, लगानी वातावरण, सहकार्य र समन्वय जस्ता विषयलाई  आफूहरू निरन्तर उठाइरहेको जानकारी गराए।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मालगायतले  आवश्यक भौतिक निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। 

सोही अवसर पारेर कालिका मन्दिरसहित कालरात्री मन्दिर, चण्डीथान मन्दिर, विश्रामस्थल,  धर्मशाला, मन्दिर अगाडी स्थापित त्रिशूललगायतको एकैसाथ उद‍घाटन गरिएका छन्। मगरात, भुरे राज्यहुँदै चौथो शताब्दीमा भूपालसिंहका नाती राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको भनाइ छ। 

पछिल्लो समय २०७५ सालदेखि वालिङ् नगरपालिकाले गह्रोसुरदेवी क्षेत्रलाई समेटेर सडक सहितको ५२ करोडको गुरुयोजना तयार पारेर भौतिक निर्माण गर्दै आएको छ। करिब ९२ रोपनी क्षेत्रफलमा फैलिएको छ भने झण्डै ३५ करोड लगानीमा भइसकेको तत्कालिन नगरप्रमुख एवं संरक्षक दिलिपप्रताप खाँणले जानकारी दिए। 

उनका अनुसार मन्दिरलगायतका भौतिक निर्माणमा सरकारी, संघसंस्था र व्यक्तिगतरुपमा सहयोग आएको छ। सिद्धार्थ राजमार्गअन्तरगत वालिङ बजारदेखि कच्ची र पक्की गरी १० किलोमिटरको दूरीमा सबै खालका सवारी साधनबाट सहजरुपमा मन्दिरमा पुग्न सकिन्छ। गह्रौंसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा छ। 

महाकाली,महासरस्वती र महालक्ष्मी स्वरुपमा रहेको मन्दिर परिसर अत्यन्त सुन्दर,शान्त र मनोरम स्थलमा छ। यहाँबाट हिमालय श्रृंखलासँगै वरपरका जिल्लाको समेत प्रत्यक्ष अध्ययन अवलोकन गर्न सकिन्छ। 

 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.