बुद्धमाई अस्पतालको चरम लापरबाही, एक लाख जरिवाना

बुद्धमाई अस्पतालको चरम लापरबाही, एक लाख जरिवाना

काठमाडौं : बुद्धमाई अस्पताल टेकुलाई फोहोर व्यवस्थापनमा लापबाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ। चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो।

 
२०८० फागुन ११ गते पहिलो पटक अनुगमन भएको थियो। त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरूमा फोहोर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरू फोहोर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो। अनुगमनबाट फर्किएपछि हानिकारक फोहोर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरियो।
 
चैत ६ गते महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गरेको थियो। तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैं सहभागी थिए।

तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो। अवस्था पहिलेकोभन्दा फरक थिएन। हानिकारक फोहोर र सामान्य फोहर एकै ठाउँमा थियो। हानिकारक फोहोरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले, प्रदर्शनी मार्गको काठमाडौं मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताए। 

उनको कुराको तथ्य जाँच गर्न वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भयो। कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताएका थिए। अनुगमन टोलीले गलत सूचना प्रवाह नगर्न सचेत गरायो। 

२०८१ वैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी चालकले सामान्य फोहरमा संक्रमित फोहर देखेपछि फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। अनुगमनका क्रममा गएको भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भयो। यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको थियो। अटोक्लेभ मेसिन थिएन। फोहोर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन। यसो भएपछि अनुगमन टोलीले, हानीकारक फोहोर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो। 

तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ, हेर्नका लागि आज टोली फेरि अस्पताल पुग्यो। अस्पताल पुग्दा जम्मा गरेको फोहोर खाली थियो। फोहोर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो। अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन थिएन। 

यसअघि थुपारिएको फोहोरका खोइ त? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताए। अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो। चालक आएपछि तण्डुकारले बोली फेरे। यो फोहर त कवाडीले लाने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.