एम्बुलेन्समा तस्करी गर्ने तीन जना पक्राउ

एम्बुलेन्समा तस्करी गर्ने तीन जना पक्राउ

मलङ्गवा : भारतको सोनवर्षाबाट एम्बुलेन्समा हालेर नेपालतर्फ ल्याउँदै गरेको विस्फोटक सामग्री पटका र अवैध किरानाका समानसहित ३ जनालाई पक्राउ गरिएको छ। सीमा नजिकैबाट जिल्ला भन्सार कार्यालय मलङ्गवा र प्रस्तावित सुरक्षा गुल्म मलङ्गवाको संयुक्त टोलीले अवैध समानसहित बिहीबार साझ एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ।

 
नेपाल परिवार नियोजन संघ सर्लाही शाखा मलङ्गवा लेखिएको को१च ५८९६ नम्बरको एम्बुलेन्समा समान ल्याउँदै गरेको अवस्थामा समानसहित ३ जना पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा एम्बुलेन्स चालक हरिवन नगरपालिका ११ का ३६ वर्षीय विक्रम आचार्य, पटका मालिक सोही स्थानका ३६ वर्षीय मनोज रजक र किराना समानका मालिक ४३ वर्षीय छोटेलाल दास रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका समानहरूमा १४ प्रकारका पटका र ३४ प्रकारका किरानाका समान रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्सको सिटमुनी पटका र त्यसमाथि किरानाका समान ल्याउँदै गरेको अवस्थामा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। मुख्य नाकाबाट यसरी एम्बुलेन्स प्रयोग गरेर तस्करी गर्नु अचम्म लागेको स्थानीयले बताएका छन्।

चाडपर्व नजिएसँगै विभिन्न नाकाबाट पटकाहरू भित्रिने गरेको छ। योभन्दा अगाडि पनि सशस्त्र प्रहरीले करिब १८ लाख बराबरको पटका बरामद गरेको थियो। 

nullnull 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.