बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत

बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत
फाइल तस्बिर।

वासिङ्टन (एजेन्सी): राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन्।

पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्ने ह्वाइट हाउसले बताएको छ। 

ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार हुन्। उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दै छिन्। यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ। पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाख बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.