हाँडीगाउँ जात्रा मनाइयो

हाँडीगाउँ जात्रा मनाइयो

काठमाडौं : हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने हाँडीगाउँ जात्रा शुक्रबार मनाइएको छ। ब्रह्मा, विष्णु र महेश्वर भगवानको पूजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो।

विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडादसैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ। 

हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको घुइचो लाग्ने गर्छ। जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पूजा गर्ने चलन छ। 

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात् आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठीक उल्टो अर्थात् तल गजुर र माथि देवताको मूर्ति राखिन्छ। खटको गजुर उल्ट्याइ देवतालाई माथि राख्ने, मैनको फूल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाई नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.