लामिछाने पक्राउ परेपछि कांग्रेस महामन्त्री गगन थापामाथि रास्वपाको आक्रोश

लामिछाने पक्राउ परेपछि कांग्रेस महामन्त्री गगन थापामाथि रास्वपाको आक्रोश

काठमाडौं : रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरेर कांग्रेसका महामन्त्री गगन थापामाथि आक्रोश व्यक्त गरेका छन्।

शनिबार दिउँसो पोखरामा आयोजित विरोध सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले नयाँ भनिएका गगन थापा पनि नाङ्गिएको भन्दै धन्यवाद दिए। 

उनले हिजो सरकार पनि नाङ्गिएको दाबी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको संगतले थापा पनि नाङ्गिएको उल्लेख गरे। उनले थापाले पनि नयाँ राजनीतिक दल आउँदा आत्तिएको उल्लेख गरे। 

उनले भने, ‘म यहाँबाट नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई धन्यवाद दिन चाहन्छु। गगन थापा तिमि पनि नाङ्गियौं अब। किनकी यो देशमा नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे, केहि नयाँ दल आउँदा उ आत्तियो ओलीको संगतले मात्तियो।’

सहकारीको ८७ अर्ब हिनामिना हुँदा रवि लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक हुँदा ३ करोडको मात्र कारोबार भएको जानकारी उनले दिए। उनले भने,‘म सहकारी पीडित साथीहरूलाई पनि भन्न चाहन्छु, यिनीहरू ८७ अर्बको चर्चा गर्दैनन्, यिनीहरू केवल रवि लामिछानेको चर्चा गर्छन् । किनकि यो राजनीतिक प्रतिशोध र कुण्ठा हो।’

सरकार र कांग्रेसको राजनीतिक कुण्ठा र प्रतिशोधले लामिछानेलाई पक्राउ गरेको धारणा राखे। अहिलेका राजनीतिक दलले अदालत र सबै ठाउँमा आफ्नो कार्यकर्तामात्र पुर्‍याएको आरोप लगाए। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले लामिछानेलाई पक्राउ गरेको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। सहकारीको रकम अपचलन प्रकरणमा संलग्न जीबी राई मलेसिया पुगेको प्रहरीले बताउँदै आएको छ। 

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर म्याद थपका लागि आइतबार पेस गरिने भएको छ। लामिछानेसहित १४ जनालाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी बयानलगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिव देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम पक्राउ गर्न कास्की अदालतले अनुमति दिएको थियो। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.