वीरगन्जमा रास्वपाका २० भन्दा बढी नेता कार्यकर्ताले छाडे पार्टी

वीरगन्जमा रास्वपाका २० भन्दा बढी नेता कार्यकर्ताले छाडे पार्टी

वीरगन्ज : वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० भन्दा बढी नेता कार्यकर्ताले रास्वपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।

 
शनिबार वीरगन्जको लक्ष्मी पार्टी प्यालेशमा जनमत पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पर्साको छिपहरमाई गाउँपालिकाका रास्वपाका युवा नेता सागर  यादवको नेतृत्वमा अमित यादव, अनवर मन्सुरी, लालदेव साह, सुनिल यादव, मनिष यादव, राजन यादव, उपेन्द्र यादव, विक्रम साह, सुनिल साह गरी २० भन्दा बढी कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन्।

कार्यक्रममा जसपा, कांग्रेस, एमाले लगायतका दलका अरू ५० भन्दा बढी कार्यकर्ता पनि जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य देवेन्द्र मिश्र, जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले उनीहरूलाई अबीरटीका लगाएर पार्टीमा स्वागत गरे।

रास्वपा परित्याग गरी जनमतमा प्रवेश गरेका युवा नेता सागर यादवले नयाँ वैकल्पिक शक्तिका नाममा रास्वपाको शीर्ष नेतृत्व अनेक भ्रष्टाचार र गैरकानुनी गतिविधिमा लागेकाले उक्त दलमा लागिरहन मनले नमानेपछि जनमत पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिए।
 
जनमत पार्टीका वीरगन्ज महानगरका पर्यवेक्षक डाक्टर अजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफ ,नेता अनुराग द्विवेदी, नेतृ रम्भा मिश्रा लगायतका नेताहरूको उपस्थिति थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.