प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण : नेतान्याहुले भने- मलाई मार्न खोज्नु हिजबुल्लाहको ठूलो गल्ती

प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण : नेतान्याहुले भने- मलाई मार्न खोज्नु हिजबुल्लाहको ठूलो गल्ती

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ।  यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको सञ्चारमाध्यमहरुमा जनाइएको छ।

नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन्। ड्रोन सिजरियाको एक भवनमा खसेको र त्यसबाट कुनै हताहत नभएको सञ्चारमाध्यममा उल्लेख छ।

यसबारे नेतन्याहुले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्,‘म र मेरी श्रीमतीलाई मार्ने प्रयास हिजबुल्लाहको ठूलो गल्ती हो। इजरायली नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्नेहरूले परिणाम भोग्नुपर्नेछ।'

इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार लेबनानबाट इजरायलमा तीन ड्रोन प्रहार गरेको बताएको छ। इजरायली सेनाले २ ड्रोन खसालेका छन् । आक्रमण पछि, गिलोट सैन्य आधारमा अलार्म बजेको थियो।

आईडीएफले वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्न असफल भएको स्वीकार गरेको छ। ड्रोन आक्रमणको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.