जुवा खेलिरहेको अवस्थामा भक्तपुरबाट पाँच जना पक्राउ
भक्तपुर : भक्तपुरमा जुवा खेलेको आरोपमा ५ जना पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका-८ स्थित गणेश मन्दिर नजिकै जुवा (प्याचा) खेल्ने ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ५६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।