राहत र पुनःस्थापनामा सरकार ढृढ छ : प्रधानमन्त्री

राहत र पुनःस्थापनामा सरकार ढृढ छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना दिने कर्तव्य पूरा गर्न सरकार ढृढ र सक्रिय रहेको बताएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरूलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जारकोट केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपद्बाट प्रभावितलाई छिटोछरितो रूपमा राहत वितरण गरिने बताए।
 

प्रधानमन्त्री ओलीले विपद्लगत्तै सुरक्षा निकायसहित सबै अङ्गले प्रभावकारी काम गरेको सहयोगी हातहरूलाई धन्यवाद दिए। सो अवसमा कोषमा नेपाल आयल निगमबाट तीन करोड, युनिलिभर कम्पनीबाट ३० लाख (यसअघि २० लाख दिइसकेको) माछापुछ्रे बैंकबाट २५ लाख र पूर्व राष्ट्रसेवक कर्मचारी सङ्गठनबाट एक लाख हस्तान्तरण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.