कृषि थोक बजार सञ्चालनमा अन्योलता

कृषि थोक बजार सञ्चालनमा अन्योलता
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : हेटौंडामा सुविधासम्पन्न प्रदेशस्तरीय कृषि थोक बजारको भवन बनेको छ। तर, उक्त भवन कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि निर्माण नहुँदा सञ्चालनमा अन्योलता रहेको छ।

बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडा–११ थानाभ¥याङमा थोकबजार निर्माण भएको हो। तर, संरचना निर्माण भइसक्दा पनि यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे अन्योलता कायमै छ। थोकबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा बनेका छन्। सुविधासम्पन्न भवन निर्माण भएपछि यहाँ प्रदेश सरकारका मन्त्रालयहरू सार्नेबारे पनि बहस भइरहेको छ। 

‘निर्माणको अन्तिम चरणमा छ, कार्यविधि तयारीको काममा हामी लागेका छौं’, कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव विनोदकुमार भट्टराईले भने, ‘मंसिरसम्म निर्माण पक्षले हस्तान्तरण गर्नुपर्नेछ, त्यसपछि सञ्चालनबारे नगरपालिकासँग छलफल हुन्छ।’ निर्माण ठेक्का पाएको अनक÷माउन्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार रुपैयाँमा भवन निर्माण गरेको हो। बागमती प्रदेश सरकारको कृषि मन्त्रालयसँगको सम्झौताअनुसार ९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने थियो। भवनमा अन्डरग्राउन्ड पार्किङको पनि सुविधा छ। यहाँबाट भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधनजस्ता कार्य गर्न सकिने सचिव भट्टराईले बताए। 

भवन निर्माण भए पनि उक्त बजारमा जान तरकारी तथा फलफूल व्यापारीहरू भने इच्छुक देखिएका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.