दिल्लीमा वायु प्रदूषण बढ्दै

दिल्लीमा वायु प्रदूषण बढ्दै
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको राजधानी दिल्लीमा वायुको गुणस्तर लगातार खस्किँदै गएको जनाइएको छ ।

मंगलबार बिहान पनि दिल्लीका धेरैजसो स्थानहरूमा वायुको गुणस्तर 'धेरै खराब' अवस्थामा रेकर्ड गरिएको सञ्चारमाध्यममा उल्लेख छ। मंगलबार दिल्लीको एक्युआइ-३१८ रहेको छ।  

दिल्लीको लोधी रोडको एक्युआइ मंगलबार बिहान २७८ थियो। आनन्द विहारमा ३८६, रोहिणीमा ३५६, पञ्जाबी बागमा ३५२, आईजीआई एयरपोर्ट क्षेत्रमा ३२० र आईटीओमा २९३ हावाको गुणस्तर रेकर्ड गरिएको छ ।

विगत केही वर्षदेखि, जाडो मौसममा दिल्लीको वायुको गुणस्तर लगातार खतराको स्तरमा पुगिरहेको छ।

दिल्लीका वातावरणमन्त्री गोपाल राईले कम हावाको गतिका कारण दिल्लीमा मात्र नभइ पूरै देशमा प्रदूषण स्तर बढिरहेको बताएका छन्।

हाल काठमाडौंको एक्युआइ स्तर ९१ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.