सरकारका १०० दिनको समीक्षा

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका काम कारबाहीबारे समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो।

प्रधानमन्त्री ओलीले बोलाएको गठबन्धनको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।

बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन्। 

 null

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। प्रधानमन्त्री ओलीले आज दिउँसो २:३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन्। उनले सार्वजनिक गर्नु अगाडि बैठकमा छलफल गर्न लागेका हुन्। 

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आमजनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस-एमालेले मुलुकका समस्या समाधान नगरी सरकार टिकाउने ध्यानमा लागेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले ‘दुई दलीय तानाशाही लाद्न, अन्य दललाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेका थिए । उक्त विषयमा पनि छलफल हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.