प्रधानमन्त्री ओलीले भने- इतिहास र हैसियत बोकेका राजनीतिक दलबाट बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ

प्रधानमन्त्री ओलीले भने- इतिहास र हैसियत बोकेका राजनीतिक दलबाट बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएकै दिनदेखि केही तत्वहरू सरकारको विरोधमा लागेको बताएका छन्। उनले त्यस्ता तत्वहरूले मुलुकलाई प्रतिगमनमा धकेल्ने प्रयास गरिरहेको बताए।  'तर, नेपाली जनताले त्यसको प्रतिवाद गर्ने र मुलुकलाई प्रतिगमनमा लैजाने सम्भावना छैन,' प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले  वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको दावी गरे। सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफबाह फैलाउने गरिएको टिप्पणी गरे। 'हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ, बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन् ,'  प्रधानमन्त्री ओलीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.