यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धि (पूर्णपाठ)

यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धि (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारवाहीको फेहरिस्त सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले  १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका मुख्य उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन्। 

उपलब्धिमा उनले भर्खरै भएको बाढी पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण, राहत वितरण, जाजरकोट र रुकुममा भूकम्पपछिका पुनर्निर्माणलगायत विषयलाई समेटेका छन्। रासायनिक मलको बन्दोबस्ती, निर्माण व्यवसायीलाई ६ अर्ब ७५ करोड उपलब्ध गराइएको, १६५ जना युवालाई कर्जा प्रवाह गरेको, सहकारी ठगलाई कारवाही सुरु गरिएको, बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न गरिएको सम्झौता, संविधान दिवसका दिन दरबार मार्गमा मनाइएको नेसनल डे कन्सर्टलाई प्रधानमन्त्री ओलीले आफ्नो १०० दिनको उपलब्धिका रुपमा सार्वजनिक गरेका छन्। 

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा राष्ट्रियतालाई थप मजबुत बनाउने, मुलुकलाई प्रतिगमनमा जानबाट रोक्ने, शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउने बताए। 

ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए। गत असार १७  गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत विषयमा सहमति भएको थियो।

त्यसपछि एमाले र जनता समाजवादी पार्टीले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.