स्टार्टअप कर्जाका लागि ५ हजार १५८ उद्यमीको आवेदन, पुस मसान्तभित्र ऋण प्रवाह गरिने

स्टार्टअप कर्जाका लागि ५ हजार १५८ उद्यमीको आवेदन, पुस मसान्तभित्र ऋण प्रवाह गरिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष ५ हजार १५८ उद्यमीहरूले स्टार्टअप कर्जाका लागि प्रस्ताव पेश गरेका छन्। सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले प्राप्त प्रस्तावहरू मध्येबाट स्टार्टअप उद्यमी छनौट गरी पुस मसान्तभित्र कर्जा प्रवाह गर्ने तयारी भइरहेको बताएका हुन्।

उनले पछिल्लो समय देशमा अर्थतन्त्रका सुधारका संकेतहरू देखा परेको बताए। जसले  गर्दा  व्यवसायहरूमा आत्म विश्वास पलाउँदै गएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले १०० दिनको अवधिमा २०० उद्योगमा करिब १४ अर्ब लगानीको प्रतिवद्धता आएको बताए।

प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारवाही सुरू गरेको बताए। उनले सहकारी ठगहरूलाई कारवाही गर्ने मात्रै नभइ बचतकर्ताको रकम फिर्ता गर्ने बताए।

रासायनिक मलको बन्दोबस्ती, निर्माण व्यवसायीलाई ६ अर्ब ७५ करोड उपलब्ध गराइएको, १६५ जना युवालाई कर्जा प्रवाह गरेको, सहकारी ठगलाई कारवाही सुरु गरिएको, बंगलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्न गरिएको सम्झौता, संविधान दिवसका दिन दरबार मार्गमा मनाइएको नेसनल डे कन्सर्टलाई प्रधानमन्त्री ओलीले आफ्नो १०० दिनको उपलब्धिका रुपमा सार्वजनिक गरेका छन्। 

उनले एक सय दिनमा  लगभग १५ लाख दुग्ध किसानलाई भुक्तानी  उपलब्ध गराएको बताए। उनीहरलाई रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.