ओलीले भने- सय दिन सकियो, बाँकी काम आजैबाट सुरू हुन्छ

ओलीले भने- सय दिन सकियो, बाँकी काम आजैबाट सुरू हुन्छ

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी अवधिको कामक योजना आजैबाट सुरू गरिने बताएका छन्।  नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमित भएको छ। जसअनुसार पहिलो चरणमा अध्य ओलीले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमति भएको छ। गत असार ३०  गते ओली प्रधानमन्त्री बनेका हुन्।

आफू नेतृत्वको सरकारले १०० दिनमा गरेका उपलब्धिहरूलाई सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले वितेका १०० दिनमा विपत्तिका बीचमा पनि नवीन कामको थालनी,सुशासन र  विकासको लक्ष्यतर्फ सरकार अघि बढेको दावी गरे।

प्रधानमन्त्री ओलीले सीमित स्रोतसाधन,विरासतमा प्राप्त भएको बिग्रदो आर्थिक अवस्था र अचानक आइपरेको प्राकृतिक विपद्का बावजुद सरकारले नीति तथा कार्यक्रम र बजेटको कार्यन्वयनलाई शीघ्र, प्रभावकारी, नतिजामुखी र नागरिकमैत्री बनाउँदै कार्यान्वयन गरिरहेको बताए।

उनले यस अवधिमा १७ वर्ष अघिदेखि थालनी भएको शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम निश्कर्षमा पुर्‍याउन सफल भएको बताए।  त्यस सिलसिलामा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत र प्रमाणिकरण भएको बताउँदै प्रधानमन्त्री ओलीले यसका लागि आयोग गठनका लागि सिफारिस समिति बनेको बताए।

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई  पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताए। 'हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौं । विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट हामी चिन्तित छौं, वार्ताको माध्यमबाट ती सबै तनावहरुको शान्तिपूर्ण समाधान चाहन्छौं ,'उनले भने,' सबैले संयमतापूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौं ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.