गुनासो आउन नदिने गरी काम गरौं : मन्त्री न्यौपाने

गुनासो आउन नदिने गरी काम गरौं : मन्त्री न्यौपाने
सुन्नुहोस्

अर्घाखाँची : लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टि गर्ने दायित्व कर्मचारीहरूको धेरै हुने बताएका छन्।

उनले प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम गर्न निर्देशनसमेत दिए। मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयको पहिलो त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले प्रदेशलाई समृद्ध बनाएर यसको औचित्य पुष्टि गर्ने दायित्व र भूमिका अहम् रहने बताए। ‘प्रदेशको समृद्धिका लागि कर्मचारीहरूको भूमिका अति महत्त्वपूर्ण रहन्छ,’ मन्त्री न्यौपानेले भने ‘आ-आफ्नो भूमिका र जिम्मेवारीप्रति प्रतिबद्ध रहेर सबैले काम गरौं, प्रदेशमा अपेक्षित नतिजा हासिल गर्न सकिन्छ।’

कार्यक्रममा सहभागी यातायात व्यवस्था कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आम नागरिकबाट कुनै पनि गुनासो नआउने वातावरण निर्माण गरेर काम गर्न उनले निर्देशन दिए। यातायात कार्यालयबाट प्रदान हुँदै आएको सेवासुविधाप्रति आम नागरिकको गुनासो रहेको भन्दै मन्त्री न्यौपानेले आम नागरिकबाट कुनै पनि गुनासो आउने गरी सेवा प्रवाहको व्यवस्थापन मिलाउन निर्देशन दिए। ‘यातायात कार्यालयबाट प्रवाह भइरहेको सेवासुविधा सहज रूपमा नआएको भनेर सेवाग्राहीबाट गुनासाहरू आइरहेका छन्,’ मन्त्री न्यौपानेले भने, ‘कार्यालयबाट प्रवाह भइरहेको सेवासुविधा सहज रूपमा कसरी प्रवाह गर्न सकिन्छ भन्ने विषयमा योजना बनाऔं, यसका लागि देखिने प्राविधिक समस्या केही छन् भने मन्त्रालय र कार्यालयबीच बलियो समन्वय गरौं र सहज सेवा प्रवाहका लागि ठोस योजनाका साथ काम गरौं।’

यसैगरी उद्योगतर्फका कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गरेर कसरी उद्योगलाई चलायनमान बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न आग्रह गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.