वीरगन्जका बिरयानी हाउसहरूले सडेको मासु प्रयोग गरेको भेटियो

वीरगन्जका बिरयानी हाउसहरूले सडेको मासु प्रयोग गरेको भेटियो
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जका बिरयानी हाउस(होटल)हरूले कुखुराको सडेको मासु बिक्री गर्दै आएको खुलासा भएको छ।

बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिरयानी हाउसहरूमा छड्के अनुगमन गर्ने क्रममा दुई वटामा कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाबाट बिरयानी बनाएर बिक्री गर्ने गरेको भेटिएको हो।

 खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले ताज बिरयानी, जाईका बिरयानी, लजिज बिरयानी र शाम मुरादावादी बिरयानी हाउसमा छड्के अनुगमन गरेको हो।

अनुगमनका क्रममा जाइका बिरयानी र ताज बिरयानी हाउसमा कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाहरू भेटिएपछि जनही १०/१० हजार रुपैयाँ जरिवाना गर्दै एक पटकका लागि सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका खाद्य अनुसन्धान अधिकृत सिंहले जानकारी दिए। साथै अनुगमनका क्रममा भेटिएको सडेका मासु , म्याद गुज्रिएका मसला लगायतका वस्तुहरू नष्ट पनि गरिएको उनले बताए।

यसका साथै नेपाल सरकारको निकायमा दर्ता नभई सञ्चालनमा रहेका बिरयानी हाउसहरूलाई तुरुन्तै दर्ताको लागि प्रक्रिया थाल्न निर्देशन दिइएको अनुगमन टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए।

अनुगमन टोलीमा वीरगन्ज महानगरपालिकाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास , वीरगन्ज उद्योग वाणिज्य  संघका सचिव मनोज दास, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अजित भुजेल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि लगायतको पनि सहभागिता थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.