झापामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु, घटनास्थल तनावग्रस्त

झापामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु, घटनास्थल तनावग्रस्त

झापा : झापामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ। दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्। 

पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको नाम र थर भने खुलेको छैन। भीडले ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ। 

आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन्। अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको लामबद्ध लाइन लागेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.